Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

श्रीमतीले डिभोर्स मागेपछि पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

श्रीमतीले डिभोर्स मागेपछि पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

आइतवार , आश्विन २७, २०८१

रुकुम । रुकुम पश्चिममा पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

पुलबाट हाम फालेका रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ का ३७ वर्षीय बुद्धिराम बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

बोहराले दशैंको टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम फालेका थिए।

मठ र सल्ले जोड्ने झोलुङगे पुलको माथिबाट झन्डै ६ सय मिटर मुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

श्रीमतीले डिभोर्स मागेपछि बुद्धिरामले पुलबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077