Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

सोमवार , आश्विन २८, २०८१

बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।

अबेर सम्म घाँस लिएर घर नफर्के पछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077