Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्यानडासँग विवाद बढेपछि आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउँदै भारत

क्यानडासँग विवाद बढेपछि आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउँदै भारत

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । भारत र क्यानडाबीच फेरि विवाद बढेको छ । जसकारण भारतले क्यानडामा रहेका आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउने घोषणा गरेको हो ।

क्यानडामा रहेका भारतीय उच्चायुक्त संजय कुमार वर्मा र अन्य भारतीय कुटनीतिज्ञमाथि क्यानडा सरकारले २०२३ जूनमा खालिस्तान समर्थक एक्टिभिस्ट हरदीप सिंह निज्जरको हत्यामा संलग्नता रहेको भन्दै अनुसन्धान सुरु गरेको छ ।

जसको भारतले विरोध जनाउँदै आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाएको बताइएको छ ।

दिल्लीस्थित क्यानडा राजदूतावासमा भारत सरकारले पत्र पठाउँदै क्यानडामा रहेका आफ्ना अधिकारीहरू असुरिक्षत रहेको र क्यानडा सरकारको उक्त कदमको घोर भर्त्सना गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077