Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

मंगलवार , आश्विन २९, २०८१

एजेन्सी । न्यूजिल्यान्ड आईसिसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी महिला टी–२० विश्व कपको सेमिफाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ्ग गर्दै न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनायो । १११ रनको लक्ष्यसहित मैदान उत्रेको पाकिस्तान ११.४ ओभरमा अलआउट हुँदै जम्मा ५६ रन मात्रै बनाउन सक्यो ।

जितसँगै समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् भने भारत, पाकिस्तान र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘ए’बाट अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077