Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

मंगलवार , आश्विन २९, २०८१

झापा । झापामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले सोमबार आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन्

४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरी फरार भएका थिए । सो सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली खटिएको थियो ।

टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077