Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ब्राउन सुगरसहित भारतीय बुबा–छोरा पक्राउ

ब्राउन सुगरसहित भारतीय बुबा–छोरा पक्राउ

मंगलवार , आश्विन २९, २०८१

झापा । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषधसहित भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

होटेलमा लागू औषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा-छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077