Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेत्रविक्रम चन्द 'विप्लव' र जनार्दन शर्माबीच भेटवार्ता

नेत्रविक्रम चन्द 'विप्लव' र जनार्दन शर्माबीच भेटवार्ता

मंगलवार , आश्विन २९, २०८१

बुटवल। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा आज भेटघाट भएको हो।

दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ ।

विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको जनाईएको छ ।

दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको विप्लवको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077