Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशैं बिदापछिको पहिलो कारोबार दिन आज ३१ अंकले बढ्यो नेप्से

दशैं बिदापछिको पहिलो कारोबार दिन आज ३१ अंकले बढ्यो नेप्से

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं। दशैं बिदापछिको पहिरो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको हो।

यसदिन ३०७ स्क्रिप्सको ६५ हजार १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०/१० करोड बराबरको सेयर कारोबार भयो।

फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो। कारोबारमा आएका २०५ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077