Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आरती हत्या प्रकरण : यस्तो आयो पोष्टमार्टम 'रिपोर्ट' !

आरती हत्या प्रकरण : यस्तो आयो पोष्टमार्टम 'रिपोर्ट' !

मंगलवार , आश्विन २९, २०८१

डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो ।

बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डीएसपी सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए ।

डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला परेकी थिइन् ।

उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो । भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही स्थानका पुस्तक व्यवसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ । आरती र भण्डारीबीच एक वर्षदेखि प्रेम सम्वन्ध रहेको पनि खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077