Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिमका डीआईजी केसीलाई 'प्रहरी व्याटन' पुरस्कार !

सुदूरपश्चिमका डीआईजी केसीलाई 'प्रहरी व्याटन' पुरस्कार !

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् ।

उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच पुरस्कार तथा सम्मानपत्रप्रदान गरेका हुन् ।

यस्तै उत्कृष्ट सृजनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्राप्त गरेका छन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहेका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077