Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४८.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077