Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निर्दयी बुबा, जसले छोरालाई भीरबाट फालेर गरे हत्या

निर्दयी बुबा, जसले छोरालाई भीरबाट फालेर गरे हत्या

बुधवार , आश्विन ३०, २०८१

बागलुङ । बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् ।

मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत भेटिएका थिए । हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077