Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपी थापालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपी थापालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापाले उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एसपी थापालाई उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका हुन् ।

ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै उनीमाथि विभागीय कारबाही सिफारिस भएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा लगायतमाथि कारबाही सिफारिस गरेको थियो  ।

केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी थापालाई तत्कालै नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077