Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरी नागरिकको भरोसायोग्य संगठनका रूपमा स्थापित भएको आईजीपी कुँवरको दाबी

प्रहरी नागरिकको भरोसायोग्य संगठनका रूपमा स्थापित भएको आईजीपी कुँवरको दाबी

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् ।

६९औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए ।

महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077