Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

होटलमा बोलाएर नाबालिगमाथि सामूहिक बलात्कार, संलग्न ५ जना पक्राउ

होटलमा बोलाएर नाबालिगमाथि सामूहिक बलात्कार, संलग्न ५ जना पक्राउ

बिहिवार , कार्तिक १, २०८१

बाँके । कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

पीडित किशोरीले बुधबार आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ-१ गाभर गाउँका निर्मल थापा र विजय कार्की रहेका छन् ।

पक्राउ परेकामध्ये जीवन २४ वर्षका छन् भने अन्य १९ वर्षका हुन्।

पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका-११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आफूमाथि पाँच जनाले रातभर सामूहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा निशान रोकायाले ती बालिकालाई होटेलमा खाजा खान भनेर बोलाएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077