Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अब लाइसेन्स कार्ड आवश्यक पर्दैन, नागरिक एप मार्फत् देखाए हुन्छ : प्रधानमन्त्री ओली

अब लाइसेन्स कार्ड आवश्यक पर्दैन, नागरिक एप मार्फत् देखाए हुन्छ : प्रधानमन्त्री ओली

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले अब उपरत्न नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको बताए ।

उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ। यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ।

साथै, ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ।

प्रधानमन्त्री ओलीका अनुसार यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्नेछ। यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ।

'हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं । यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ,' उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077