Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अदालतबाटै रविले भने - सबैभन्दा ठुलो भ्रष्टाचारी केपी ओली हुन्

अदालतबाटै रविले भने - सबैभन्दा ठुलो भ्रष्टाचारी केपी ओली हुन्

आइतवार , कार्तिक ४, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सबैभन्दा ठुलो भ्रष्टाचारी नै प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई जस्तै डेढ वर्ष लगाएर छानबिन गर्ने हो भने केपी ओली देशकै भ्रष्ट व्यक्ति भएको बताए । ओलीले भ्रष्टाचारीहरूलाई संरक्षण गरेर बस्ने गरेको सभापति लामिछानेको भनाई छ ।

सहकारीपीडकहरू नै सबै भन्दा बढी एमाले र कांग्रेस पार्टीभित्र रहेको भन्दै सभापति लामिछानेले भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउन नहुने बताए।

सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस नै केपी ओली भएको उनले बताए ।

सभापति लामिछानेले भ्रष्टाचारको जगमा उभिएको वर्तमान सरकारले आफूमाथि झुटा मुद्दा लगाएको बताए। उनले ओली सरकारमा रहेसम्म यस्ता ‘अपराध’ भइरहने आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077