Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । सरकारले नेपालको नागरिक उड्ययन क्षेत्रको अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सो कुरा बताएका हुन् ।

उनले नेपालको नागरिक उड्ययन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्ययन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

सर्वोच्चका पूर्वन्यायाधीश अनिल कुमार सिन्हाको अध्यक्षतमा गठन गरिएको समितिको सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह, सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाज प्रसाद प्रधान र पर्यटन मन्त्रालयका सचिव रहेका छन्।

बैठकले गृह मन्त्रालयअन्तर्गतका कारागार कार्यालयहरूको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ भने दूरसञ्चार ऐन २०५३ को दफा ४५ को उपदफा ३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।

त्यसैगरी बैठकले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरि राहत तथा पुननिर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरुप प्राप्त हुन मालवस्तुमा मन्सार महसुल छुट दिने निर्णय समेत भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077