Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

४७ अंकले नेप्से घट्दा ८ अर्ब १८ करोडको कारोबार

४७ अंकले नेप्से घट्दा ८ अर्ब १८ करोडको कारोबार

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ।

नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा अडिएको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको थियो।

सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो। नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा बढेको छ।

आज ३१५ स्क्रिप्सको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन सबै समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।

फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घट्यो। कारोबारमा आएका १८ स्टक्सको मूल्य बढ्दा २२६ वटाको घटयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077