Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री गुरूङ

सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री गुरूङ

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन सुरु भएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरूङले यस्तो बताएका हुन् ।

उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरूवाती कारबाही सुरू भएको बताए।

सञ्चारमन्त्री गुरूङले समितिले बुझाएको प्रतिवेदनउपर सरकारले सुरूवाती कारबाही सुरू गरेको बताए।

सञ्चारमन्त्री गुरूङले भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिहरुलाई अनुसन्धानमा दिने क्रम सुरु भएको मात्र हो । जोजो व्यक्ति तोकिएको छ, सबैमाथि छानबिन हुन्छ ।’

प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरूलाई पक्राउ गरिएको सञ्चारमन्त्री गुरूङको भनाइ छ।

गत शुक्रबार सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका थिए।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरूद्ध पनि कारबाही सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077