Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

भीम रावललाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

भीम रावललाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालयले बैठकले सो निर्णय गरेको हो ।

पार्टी निर्णयविरुद्ध बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टीमा जिम्मेवारीविहीन छन् ।

उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

त्यही कारण नेता रावल ओली प्रवृतीको विरोध गर्दै आएका छन् । उनी आफूलाई कारबाही गरेर देखाउन चुनौती दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077