Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

प्रधानमन्त्री ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटवार्तामा सो छलफल भएको हो । आज बसेको एमाले सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएको स्रोतले बतायो ।

सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाका थिए । दल विभाजन गर्नका लागि कति प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य हुने भन्ने विषयमा ओली र देउवाबीच कुरा मिलेको छैन ।

तर, एमालेको योजनामा विभिन्न दलहरू विभाजनको प्रयास भइरहेको भन्दै विपक्षी दलले शुक्रबार बैठक नै बसेर विरोध गरेका थिए ।

सभापति देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार पुगेका थिए । एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077