Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

घरमा छापा हान्न गएका सिन्धुलीका एसपीलाई स्थानीयले थर्काएर फर्काए

घरमा छापा हान्न गएका सिन्धुलीका एसपीलाई स्थानीयले थर्काएर फर्काए

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । एक घरमा छापा हान्न गएका सिन्धुलीका एसपी गोविन्दराज काफ्ले विवादमा परेका छन् ।

एक सामान्य व्यक्तिको घरमा गलत सूचनाका आधारमा छापा हान्न गएपछि उनी विवादमा परेका हुन् । स्थानीयले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा बेइज्जती गरेका छन् ।

कुनै आपराधिक सूचनाका आधारमा सादा पोशाकमा एसपी काफ्ले सो घरमा गएको देखिन्छ ।

तर, घरका धनीहरुले अनावश्यक दुःख दिएको भन्दै थर्काएर फर्काउनुका साथै भिडियो खिचेर प्रहरीको बेइज्जती गरिदिएका हुन् । गलत सूराकीका कारण सो घटना भएको सिन्धुली प्रहरी स्रोत बताउँछ ।

[video width="368" height="608" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2024/10/ZukE5NpU.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077