Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट साढे चार ग्राम लागूऔषधसहित दुईजना पक्राउ

कैलालीबाट साढे चार ग्राम लागूऔषधसहित दुईजना पक्राउ

आइतवार , कार्तिक ४, २०८१

कैलाली । प्रहरीले साढे चार ग्राम लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार साँझ भजनी नगरपालिका १ गोदाम टोलमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोईनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुशिल साउदको शरीर तलासी गर्दा प्लास्टिकको पोकोमा लुकाएर राखेको अवस्थामा खैरो रंगको धुलो पदार्थ फेला परेको थियो, जुन लागू औषध खैरो हेरोइन भएको आशंका प्रहरीले गरेको छ ।

पक्राउ परेका साउदसँगै २७ वर्षीय वीरेन्द्र बिष्टलाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077