Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चाडपर्वको मुखमा बाराका विभिन्न नाकाबाट व्यापक रुपमा तस्करी

चाडपर्वको मुखमा बाराका विभिन्न नाकाबाट व्यापक रुपमा तस्करी

सोमवार , कार्तिक ५, २०८१

बारा । चाडपर्वको समयमा बारा जिल्लाको विभिन्न नाकाबाट व्यापक रुपमा तस्करी सुरु भएको छ ।

बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा दैनिक लाखौँको अवैध सामानहरू भन्सार छलेर तस्करहरूले बारा नाकाहरूबाट नेपाल भित्र्याउने गरेका हुन् ।

बारा जिल्लाको नेपाल भारतको सीमामा पर्ने मटिअर्वा, देवापुर लगायतका नाकाहरूबाट अवैध रुपमा लत्ताकपडा, काजु, कस्मेटिक सामान, चिनी, सुर्ती, रजनीगन्धा, पान परागलगायतका सामानहरू तस्करहरूले भारतबाट भन्सार छलेर नेपाल भित्र्याई रहेका छन् ।

तस्करहरूले अहिले बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठुलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी सुरु गरेको बाराका स्थानीयहरू बताउँछन् ।

बाराबाट ठूलोमात्रामा तस्करी सञ्चालन भए पनि नेपाल प्रहरी मधेस प्रदेशका डीआईजी र सशस्त्र प्रहरी मधेस प्रदेशका डीआईजीले यसलाई नियन्त्रण गर्न नसक्नुले पनि मिलेमतो हुने सक्ने स्थानीयवासी बताउँछन् ।

तस्करीको सेटिङ भने वरिष्ठ सई विनोद काफ्ले, घुमुवा वरिष्ठ हवल्दार विनोद शाह तेली, सिपाही आनन्द दास र सिपाही विजय यादवले गर्दै आएका छन् । यी सबै घुमुवाहरुलाई बारा जिल्लाका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले परिचालन गर्दै आएका छन् ।

हेर्नुहोस् भिडियो :

[video width="576" height="1024" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2024/10/mVaF3ETt.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077