Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेको चिन्ता अरुले गर्नु पर्दैन, आवधिक निर्वाचनले परीक्षण गर्छ : शंकर पोखरेल

एमालेको चिन्ता अरुले गर्नु पर्दैन, आवधिक निर्वाचनले परीक्षण गर्छ : शंकर पोखरेल

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए ।

सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि !

नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छ ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’

कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077