Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

जनता के चाहन्छन् भन्ने एमालेलाई राम्रोसँग थाहा छ : शंकर पोखरेल

जनता के चाहन्छन् भन्ने एमालेलाई राम्रोसँग थाहा छ : शंकर पोखरेल

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुन पार्टी कस्तो भन्ने परीक्षण आवधिक निर्वाचनले गर्ने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एमाले आवधिक निर्वाचनबाट परीक्षणका लागि हरदम तयार रहेको बताए।

पार्टी कार्यालयको भवनका लागि जग्गा दान र शिलान्यासको विषयलाई संकेत गर्दै महासचिव पोखरेलले राजनीति गर्नेहरुले आआफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्ने भएकाले अरुको चिन्ता नगर्न आग्रह गरे।

महासचिव पोखरेलले लेखेका छन्,‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन्। राजनीति गर्नेहरुले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि। एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिनु न। ’

जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? एमालेलाई राम्ररी थाहा भएको पोखरेलको भनाई छ।

एमाले अहिले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077