Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ब्राजिलका राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी नहुने

ब्राजिलका राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी नहुने

सोमवार , कार्तिक ५, २०८१

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुला डा.सिल्भा रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नपाउने भएका छन्।

टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका हुन् ।

ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका थिए । जसमा उनको टाउकोमा चोट लागेको छ ।  लुला दा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्ने कार्यक्रम थियो।

राष्ट्रपति लुला दा सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको छ। 'ब्रिक्स' पाँच विकासशील देशहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन् ।

रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077