Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा ६०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा ६०० रुपैयाँले बढ्यो

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन आज तोलामा ६०० रुपैयाँले बढेको छ।

दशैंपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ ।

यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077