Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

महाधिवेशनमा हारेकाहरुले पार्टी फुटको हल्ला चलाए : माधव नेपाल

महाधिवेशनमा हारेकाहरुले पार्टी फुटको हल्ला चलाए : माधव नेपाल

सोमवार , कार्तिक ५, २०८१

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महाधिवेशनमा हारेकाहरुले फुटको हल्ला चलाएको आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरे।

अध्यक्ष नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रहसहित समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरे ।

अध्यक्ष नेपालले भने,‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन।’

कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको अध्यक्ष नेपालले बताए।

अध्यक्ष नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टीको हरेक जिम्मेवारीमा रहेका नेताहरूले जनतालाई चित्त बुझाउने काममा अघि बढ्न आग्रह गरे ।

पार्टीको महाधिवेशनमा पराजित भएकाहरूले अहिले पार्टीविरुद्ध गलत प्रचार गरिरहेको अध्यक्ष नेपालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077