Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राष्ट्रियसभा सदस्य गौतमले भने - आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍यो

राष्ट्रियसभा सदस्य गौतमले भने - आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍यो

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका छन्।

सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले एमालेका लागि आफूले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताए। उनले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गरे।

गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गरे।

नेता गौतमले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले त्यसलाई नसुनेको बताए ।

विश्वका क्षमतावान विज्ञहरूलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उनले बताए ।

तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077