Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

५७ अंकले नेप्से घट्दा ५ अर्ब ९० करोडको कारोबार

५७ अंकले नेप्से घट्दा ५ अर्ब ९० करोडको कारोबार

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

अघिल्लो कारोबार दिन आइतबार ४७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा अडिएको हो।

नेप्से उच्च अंकले घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा गिरावट आएको छ।

यसदिन ३१९ स्क्रिप्सको १ करोड ३८लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ८ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077