Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : छविलाललाई बयानका लागि रुपन्देही लगियो

सहकारी ठगी प्रकरण : छविलाललाई बयानका लागि रुपन्देही लगियो

सोमवार , कार्तिक ५, २०८१

पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।

उनीमाथि सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगीको आरोप छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् ।

उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077