Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगायो : बाबुराम भट्टराई

सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगायो : बाबुराम भट्टराई

सोमवार , कार्तिक ५, २०८१

कास्की । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

सोमवारबाट पोखरामा सुरु भएको पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

उनले ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायतका काण्डहरूमा ठुला दलका सबैजसो नेताहरू संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगाउने काम गरेको आरोप लगाए ।

सबै दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077