Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

झापाबाट १३ जना जुवाडे पक्राउ

झापाबाट १३ जना जुवाडे पक्राउ

सोमवार , कार्तिक ५, २०८१

झापा । झापाको हल्दिबारीबाट १३ जना जुवाडे नगदसहित पक्राउ परेका छन् ।

गएराति हल्दिबारी १ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड २ थान बरामद गरेको छ ।

उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077