Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारलाई माधव नेपालको चेतावनी - पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्नू

सरकारलाई माधव नेपालको चेतावनी - पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्नू

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सोमबार शिवराज नगरपालिको खेरेन्द्रपुरमा ‘पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठक’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो चेतावनी दिएका हुन् ।

उनले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह गरे । सरकारले अरू पार्टीलाई टुक्राउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत दिए।

‘आज के सूचना आएको छ भने यो सरकारले अध्यादेश ल्याउन खोज्दै छ रे ! म भन्छु खबरदार ! अरू पार्टीलाई टुक्र्याउने दुस्साहस यो सरकारले गर्छ भने त्यसको परिणाम नराम्रो हुनेछ,’ उनले भने, ‘त्यसको परिणाम सरकारले भोग्नुपर्ने हुन्छ। ख्याल होस् अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जान्छन्। संसारको इतिहासले बताएको छ। संसार समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो। त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077