Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि पक्राउ परेपछि ढकालले भने - रास्वपामा म एक्लै छु, त्यो भीड रवि क्लबका सदस्यको हो

रवि पक्राउ परेपछि ढकालले भने - रास्वपामा म एक्लै छु, त्यो भीड रवि क्लबका सदस्यको हो

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि डा. मुकुल ढकालले रास्वपामा आफूमात्रै भएको टिप्पणी गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि सोही पार्टीका ढकालले कानूनभन्दा माथि कोही नभएको बताए ।

ढकालले रास्वपाका कार्यकर्ता आन्दोलनमा भनेर नलेख्न पत्रकारहरुलाई अनुरोध गर्दै त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरुको भएको बताए ।

‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नामअनुसार । आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानूनभन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु,’ ढकालले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।'

रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा 'विधिको शासन’ ।  यसअघि रास्वपाले ढकाललाई महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077