Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले भने - दल विभाजन गर्ने अध्यादेश नल्याउनू

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले भने - दल विभाजन गर्ने अध्यादेश नल्याउनू

सोमवार , कार्तिक ५, २०८१

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाइएका हुन् ।

'राज्यसामु आएका जल्दा बल्दा समस्याहरूलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षी दलहरूसमेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको सट्टा सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेजस्ता कुनै पनि कार्य नगरियोस्,' ज्ञापन पत्रमा भनिएको छ।

विपक्षी दलहरूले राजनीतिक दलहरूको उपस्थितिमा अल्पकालीन र दीर्घकालीन योजनाहरू प्रस्तुत गरी राजनीतिक दलहरूको समेत सल्लाह सुझाव लिएर राहतसम्बन्धी कार्य तत्काल गर्न सुझाव दिएका छन्।

ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू बस्नेतसहित राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077