Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

यस्तो छ विपक्षी पाँच दलले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

यस्तो छ विपक्षी पाँच दलले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्र [पूर्णपाठ]

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी पाँच दलले १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर माओवादी केन्द्रसहितका पाँच दलले समसामयिक विषयमा १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीव्रता दिने विषयमा एक सय दिन पुग्न लाग्दा समेत कुनै प्रगति गर्न नसकेको उल्लेख छ ।

ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू बस्नेतसहित राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077