Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा एमालेमा मिलाउने योजना नरहेको स्पष्ट पारेका छन् ।

सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘विगतमा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुनसक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्ने विषयमा समान मत देखिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077