Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि पक्राउबारे प्रधानमन्त्रीले खोले मुख, भने - मैले त व्यक्ति तोकेर समिति गठन नगरौं भनेकै हुँ

रवि पक्राउबारे प्रधानमन्त्रीले खोले मुख, भने - मैले त व्यक्ति तोकेर समिति गठन नगरौं भनेकै हुँ

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने पक्राउबारे मुख खोलेका छन् ।

सोमबार पाँच विपक्षी दलहरूको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले व्यक्ति तोकेर छानबिन समिति गठन नगरौं भनेको थिए । तर प्रतिवेदन आएपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभइ अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको बताए ।

संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघिबढेको उनको भनाई छ ।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुदिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौं भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौं भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077