Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको साढे २० लाख भारुसहित दुईजना भारतीय समातिए

स्रोत नखुलेको साढे २० लाख भारुसहित दुईजना भारतीय समातिए

मंगलवार , कार्तिक ६, २०८१

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट सोमवार साँझ २ वटा भारतीय नम्बर प्लेटको गाडी नेपाल भित्रिएको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित राईगट जिल्लाका ३३ वर्षीय सलमान कुरैशी र ३९ वर्षीय उमेश सखराम रहेका छन् ।
युपी ४५ एएस ६६६३ र युपी ४२ डीटी ५७२१ नम्बरको भाडाका गाडीमा ती दुईजनासहित ६ जना सवार थिए।

सलमानको झोलाबाट ८ लाख र सखरामको झोलाबाट साढे १२ लाख भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077