Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सभामुख घिमिरेले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई बोलाए

सभामुख घिमिरेले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई बोलाए

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार संसद्‌को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले सभापतिहरूलाई आज बिहान साढे ११ बजेका लागि छलफलमा बोलाएका हुन् ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या ९कोरम० पुर्‍याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गुनासो गर्ने गरेका छन् ।

त्यसैले आज सभामुखले दफाबार छलफलका लागि विधेयक रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077