Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने माओवादीको निर्णय

कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने माओवादीको निर्णय

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काममा ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न पार्टीका सबै कमिटीलाई निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077