Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी रुस प्रस्थान

भारतीय प्रधानमन्त्री मोदी रुस प्रस्थान

मंगलवार , कार्तिक ६, २०८१

एजेन्सी । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफु रुसको काजान प्रस्थान गरेको जानकारी दिएका हुन्।

यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए।

उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत लेखेका छन् । मोदीले यसअघि ८ र ९ जुलाईमा रुसको भ्रमण गरेका थिए ।

अर्थात् यो वर्ष प्रधानमन्त्री मोदीको यो दोस्रो रुस भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077