Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाले पोखरामा विरोध प्रदर्शन गर्ने

रवि लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाले पोखरामा विरोध प्रदर्शन गर्ने

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा मंगलबार चौथो दिन पनि पोखरामा विरोध प्रदर्शन जारी राख्ने भएको छ।

रास्वपाले पार्टी सभापति लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने निर्णय गरेको हो ।

रास्वपाले पोखराको जिरो किमिमा आज दिउँसो १ः३० बजे भेला हुनका लागि आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।

यसअघि सोमवार पनि रास्वपाले पोखराकै पृथ्वी चोकमा प्रदर्शन गरेका थिए।

सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई शुक्रवार पक्राउ गरेदेखि नै रास्वपाले विरोध प्रदर्शन जारी राखेको छ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति रास्वपाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077