Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

संसदीय समितिमा रहेका सबै विधेयक आगामी अधिवेशनमा पेश गर्न सभामुख घिमिरेको निर्देशन

संसदीय समितिमा रहेका सबै विधेयक आगामी अधिवेशनमा पेश गर्न सभामुख घिमिरेको निर्देशन

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन्।

संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरेले उक्त निर्देशन दिएका हुन्।

समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताए।

बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएका थिए ।

सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077