Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रुपन्देहीमा छविलाल जोशीको बयान चलिरहँदा बचतकर्ताले गरे नाराबाजी

रुपन्देहीमा छविलाल जोशीको बयान चलिरहँदा बचतकर्ताले गरे नाराबाजी

मंगलवार , कार्तिक ६, २०८१

रूपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान भइरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरुले सुप्रिम सहकारीको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका संरक्षक गितेन्द्रबाबु (जीवी) राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन्।

पूर्वडीआईजी जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार बिहानदेखि बयान भइरहेको छ।

सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको थियो।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077