Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सामान्य प्रशासनमन्त्री गुप्ताले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक

सामान्य प्रशासनमन्त्री गुप्ताले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

सामान्य प्रशासनमन्त्री गुप्ताले गरेको कामको २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गरेका हुन्। विवरणमा मन्त्रालयले गरिरहेका नियमित कार्याम्पादनकै विषयहरु उल्लेख छ ।

सामान्य प्रशासनमन्त्री गुप्ताले सय दिनको अवधिमा संघीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा सामान्य प्रशासनमन्त्री गुप्ताले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिइरहेको बताए ।

प्रगति विवरणमा मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसदबाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरेको उल्लेख छ ।

उक्त विधेयक हाल संघीय संसदमा प्रस्तुत भएर प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ ।

आगामी संसद अधिवेशनबाट स्वीकृत गराउने गरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको सामान्य प्रशासनमन्त्री गुप्ताले बताए ।

स्थानीय तहलाई थप सवल एवम् क्रियाशील बनाउन पनि मन्त्रालय लागि परेको गुप्ताको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077