Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अब वर्षा याममा पनि मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री यादव

अब वर्षा याममा पनि मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री यादव

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले वर्षा याममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन्।

मंगलबार अपराह्न सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्य मुख्य कार्यहरू सार्वजनिक गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षा याममा मेलम्ची खानेपानी काठमाडौं नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको बताए ।

मन्त्री यादवले आफूले गत वर्ष माघमा मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दशैँ अगावै ल्याउने काममा सफलता हात पारेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077